विश्वभर कोरोना भाइरसबाट कति नेपाली संक्रमित, कतिले ज्यान गुमाए?

काठमाडौँ –  कोरोना भाइरसको महामारीका कारण हालसम्म विश्वभर ७८ नेपालीको मृत्यु भएको र पाँच हजार पाँच सय ८१ जना संक्रमित भएको गैह्र आवासीय नेपाली संघ-एनआरएनएले जनाएको छ। पछिल्लो एक सातामा पाँच जना नेपालीको ज्यान गएको एनआरएनएको स्वास्थ्य  समितिले जनाएको छ।

एनआरएनएले शनिबार गरेको साप्ताहिक अपडेटअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।  समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको  छ ।

 संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइन १, स्वीडेनमा १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएको स्वास्थ्य  समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए।
कोरोना भाइरसका कारणले यो हप्ता ज्यान गुमाउनेहरुमध्ये बेलायतमा २, स्वीडेनमा १, बहराइनमा १ र युएईमा १ जना रहेका छन्।
संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएले जनाएको छ। ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने  २९ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।
स्वास्थ्य समितिका अनुसार  कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार,  बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टेलियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना  नेपालीलाई कोरोना संक्रमण भएको छ ।

 

बैशाख २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्