पश्चिम तराईमा दिउँसै अन्धकार, माैसमविद् भन्छन् ‘सतर्क रहनू’

तस्बिरः अंकुश कुँवरको फेसबुक वालबाट

काठमाडौँ – पश्चिम तराईको मौसममा एकाएक बदली भएको छ । कालो बादलले आकाश छोपेपछि कैलाली, कञ्चनपुरसहितका जिल्लाहरुमा दिउँसै अन्धकार भएको छ।

एक्कासी चलेको हावाहुरीपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पश्चिमी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद राजु प्रधानांगले सुदूरपश्चिमबाट न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको र यो बिस्तारै पूर्वी क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिए ।

न्यून चापीय प्रणालीको प्रभावका कारण हु्रीबतास चल्ने, मेघ गर्जनसहित वर्षा हुने तथा चट्याङ पर्ने हुन सक्ने भएकोले सतर्कता अपनाउन उनले आग्रह गरे । अहिले चलिरहेको हुरीबतास केही घण्टासम्म कायमै रहने उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो मेघगर्जन, चट्याङ, हुरीबतास, असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट नेपालको सुदुरपश्चिम प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।

बैशाख २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू