सरकारले भारतीय राजदूत क्वात्रासमक्ष लिपुलेकमा सडक निर्माणबारे आफ्नो धारणा राख्यो

प्रदीप ज्ञवाली/फाइल तस्बिर।

काठमाडौँ– नेपाल- भारतबिचको सीमा विवादबारे सरकारले नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रासमक्ष आफ्नो धारणा राखेको छ।

भारतले नेपाली भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको विषयलाई लिएर संसददेखि सडकसम्म चर्को विरोध भइरहेका बेला सरकारले राजदूत  क्वात्रासमक्ष आफ्नो धारणा राखेको हाे।

स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीले सोमबार बिहान करिव ११ बजे राजदूत क्वात्रालाई मन्त्रालयल बोलाएर छलफल गरेका हुन्।

छलफलका क्रमममा मन्त्री ज्ञवालीले आफूहरुलाई कुनै पनि जानकारी नदिई भारतले एकतर्फी लिपुलेकमा सडक निर्माण गरेको र त्यस्तो गतिविधि बन्द गर्न क्वात्रामार्फत भारतलाई नेपालका तर्फबाट कुटनीतिक ‘नोट’ दिइएको बुझिएको छ।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्