गल्तीले आफ्नै नौसेनाका जहाजमाथि निशाना, २० जनाको ज्‍यान गयो

तेहरान-इरानको जंगी जहाज जमरानले फ्रेण्डली फाइरमा गल्तीले आफ्नै नौसेनाका जहाज कोनाराकमाथि निशासा बनाएको छ।

त्यहाँको समाचार एजेन्सी अनाडोलुका अनुसार उक्त निशानामा २० जनाको ज्‍यान गएको छ। उक्त जहाजमा ३० देखि ४० जना सदस्य रहेका थिए। जसमध्‍ये जहाजका कमाण्डरको समेत मृत्यु भएको छ।

उक्त घटनालाई इरानीको इस्लामिक रिभोलुशनरी गार्डस् क्रूजले आफ्नो तर्फबाट यसलाई मानवीय भूल भनेका छन्।

यसअघि जनवरीमा पनि आइआरजीसीले पनि गल्तीले तेहरानले युक्रेनका एक यात्री विमानलाई निशाना बनाएका थिए। उक्त घटनामा विमानमा सवार सबै १७६ जनाकै ज्यान गएको थियो।

बैशाख २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्