महानगरका सडक बगैँचा चिरिच्याट्ट पारिँदै (तस्बिरहरु)

माइतीघर–तीनकुने सडकखण्ड अन्तर्गत माइतीघर–बबरमहल क्षेत्रमा ‘लनेडिभाइडर बगैँचा’ मा बोटबिरुवा काँटछाँट गर्दै ‘माली’हरु । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – माइतीघर–तीनकुने सडकखण्ड काठमाडौँ उपत्यकाको सुन्दर र तुलनात्मक रुपमा व्यवस्थित युक्त बाटोमा पर्छ । लेन विभाजन गर्ने डिभाइडरहरुमा बगैँचा छन् । व्यस्त ट्राफिक हुने बेला पनि यो सडकखण्डमा बोट विरुवाले सुन्दरता थपिरहेका हुन्थे ।

अहिले लकडाउनका कारण सवारी साधनको चाप अति कम हुँदा ‘डिभाइडर–बगैँचा’का बोट–बिरुवा तथा फूलहरु फैलिन पाएका छन् । लगातार परेको पानी तथा सवारी चाप कम हुँदा बढेका बोट–बिरुवाका हाँगाहरु काँटछाँट गरी मिलाउने काम भइरहेको छ ।

काठमाडौँ महानगरका सुरक्षाकर्मी (महानगर प्रहरी) तथा मालीसहितको समूह मंगलबार माइतीघर, बबरमहल क्षेत्रको सडकमा बोट–बिरुवा काँटछाँट गर्दै थिए । उनीहरुले बोटहरुलाई चिरिच्याट्ट पारेका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले सडकको बगैँचा स्याहार गर्दै गरेकाहरुको केही तस्बिर खिचेकी छन्।

बैशाख ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्