मकैमा फौजी किराको प्रकोप, लकडाउनले गर्दा बिषादी पाइएन

दाङ-झुपलाल खत्रीले ४२ कट्ठा जग्गामा मकै खेती गरेका छन् । तर, उनले गरेको मकैमा फौजि किराको प्रकोप देखिएको छ । किसानले गरेको मकै खेतिमा अमिरिकन फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका हुन।

‘मकै हुर्कदै छ। तर, किराले कुवो, पात सबै खायो। बर्ष भरी खाने मकै किराले सकेपछि के खाने होला’खत्रीले भने–‘केही गर्दा पनि किराले मकै खान छोडेको छैन ।’

कोरोना भाइरस संक्रमण हुने डरले किसान बजार पुगेर औषधी समेत ल्याउन सकेका छैनन् । विकट वस्तिका किसानले गरेको मकैले उपचार पाउन सकेको छैन।

‘कोरोनाले गर्दा कुनै काम गर्न पाइएको छैन । त्यसमा पनि बारीमा गरिएको मकै सबै किराले खायो’उनले भने–‘अब भोक भोकै बस्ने दिन आउछ कि भनेर चिन्ताले सताउन थाल्यो ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ को कुरुवा, ताली, सिक्टा, लैवरुवा लगायतका गाउँमा एक सय बढी बिगाह जमिनमा मकै खेति गरिएको छ । मकैमा फौजी किराको प्रकोपले गर्दा किसान छट्पटीमा छन ।

दाङको देउखुरी उपत्यकामा मकै खेति विस्तार गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै सुपरजोन लागू भएको छ । मकै खेति विस्तार हुदै जाँदा मकैमा नयाँ नयाँ रोगको प्रकोप देखिँदा उत्पादनका ह्रास आउने चुनौती थपिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै सुपरजोनका प्रमुख महेश रेग्मीले बताए।

‘यस बर्ष पनि मकैमा फौजी किराको प्रकोप देखिएको छ । हामीले खेतबारीमा पुगेर अध्ययन गरका छौं । रोकथामको उपाय किसानलाई सिकाएका छौं’ उनले भने–‘बिषादीको पनि अभाव देखिएको छ। हामीले किसानलाई धुलो इमामेक्टीन बेन्जोएयट बिषादी छर्न सल्लाह दिएका छौं ।’ गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा रोपिएको मकैमा फौजी किराको प्रकोप देखिएको हो ।

कृषि प्राविधिकको सल्लाह यस्तो छ


अमेरिकन फौजीकीराको प्रकोप नियन्त्रणको लागी नियमित रूपमा आफ्नो खेतबारीको राम्रो सँग अवलोकन गर्ने गरौँ । बिषादिको प्रयोग नगर्ने हो भने गाईको पिसाव १ भागमा १० भाग पानी मिसाएर पुरै बोट भिज्ने गरी २र३ दिनको फरकमा हालेमा पनि यो कीराको केहि रोकथाम गर्न सकिन्छ ।

यदि सम्भव छ भने, गाईको पिसावमा केही पिरो खुर्सानी र निमको पात र दाना थिचेर केही बेर पकाएर निस्कीएको झोल १ भागमा १० भाग पानी मिसाएर मकैको बोट गुबो भिज्ने गरी छरेमा पनि यो किराको रोकथाम गर्न सकिन्छ।

विषादीमा छर्नु परेमा इमामेक्टीन बेन्जोएयट ०.४ ग्राम प्रती लिटर अथवा क्लोरान्टानीलीप्रोल ०.४ एम.एल. प्रती लिटर अथवा स्पीनोस्याड भन्ने विषादी ०.३ एम.एल. प्रति लिटर पानीमा राखी स्प्रे टंकीको सहायताले सुरक्षित पहिरन लगाएर राम्रोसँग छर्ने।

बैशाख ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्