लिपुलेक प्रकरणः भारतको विरोधमा विद्यार्थीहरुले निकाले मसाल जुलुस (फोटो फिचर)

काठमाडौँ– भारतले नेपाली भुमि लिपुलेकमा एकतर्फी रुपमा बाटो बनाएको विरोधमा विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन्।

राजधानीको बालाजु क्षेत्रमा नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले बुधबार साँझ मसाल जुलुससहित विरोध प्रदर्शन गरेका हुन्।

भारतले चीनको मानसरोवर जान नेपाली भुमिमा बाटो बनाएको सार्वजनकि भएलगत्तै नेपालमा भारतको चर्को विरोध भइरहेको छ। लकडाउनका बीच पनि विभिन्न राजनीतिक दल, नागरिक अगुवा, विद्यार्थी लगायतले दिनहुँजसो विरोध प्रदर्शन गरिरहेका छन्।

भारतसँगको सीमा विवादका विषयमा छलफल गर्न बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक समेत राखेका थिए।

बैशाख ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्