बुटवल–कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका क्षेत्रबाट लिइएको स्वाब परीक्षणका क्रममा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो।

उनीहरुमध्ये १ जना नेपाल प्रहरीका असई, १ जना चालक र एकजना राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्येका रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

उनीहरुमध्ये १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र १ जना अनुसन्धान विभागका रहेका छन्।

उनीहरुमा कसरी संक्रमण देखियो भन्ने खुल्न सकेको छैन। उनीहरु स्थानीय क्वारेन्टाइनमा र सीमाक्षेत्रमा कार्यरत रहेको प्रारम्भिक जानकारी आएको छ।

बुधबार विस्तृत विवरण लिएर उनीहरु सम्पर्कमा रहेकाहरुको खोजी र परीक्षण अघि बढाउने सहायक प्रजिअ नेपालीले बता

बैशाख ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्