युरोपमा महामारी केही कमजोर, तर रोकिएको छैन मृत्यु हुने क्रम

कोरोना भाइरसको महामारी युरोपमा केही कमजोर भए पनि अझै संक्रमण तथा मृत्यु हुने क्रम जारी छ ।

फ्रान्समा बुधबार कोभिड–१९ का कारण ८३ जनाको ज्यान गयो । योसँगै फ्रान्समा मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ ।

फ्रान्सको स्वास्थ्य विभागका अनुसार अझै पनि २४ सय २८ जना कोभिड–१९ का बिरामी आइसियूमा छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

यस्तै स्पेनमा बुधबार कोभिड–१९ बाट १८४ जनाको ज्यान गएको छ । योसँगै स्पेनमा मृत्यु हुनेको संख्या २७ हजार १०४ पुगेको छ ।

इटालीमा बुधबार १९५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३१ हजार १०६ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ ८४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

त्यसपछि सबैभन्दा धेरैको मृत्यु हुने बेलायती छन् । बेलायतमा बुधबार ४९४ जनाको ज्यान गएसँगै मृत्यु हुनेको कुल संख्या ३३ हजार १८६ पुगेको छ ।

जेठ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्