कालिमाटी तरकारी बजारमा गरिएको टेस्टमा दुई जनामा आरडिटी पोजेटिभ

काठमाडौँ– कालीमाटी तरकारी बजारमा बिहीबार दिउँसो गरिएको परीक्षणमा दुई जनाको आरडिटी टेस्ट ‘पोजेटिभ’ आएको छ। आरडिटी टेस्ट पोजेटिभ आउनेमा एक जना भरिया र एक जना सवारी चालक रहेका छन्। आरडिटी पोजिटिभ आएपछि उनीहरुलाई टेकु अस्पताल लगिएको छ।

काठमाडौँ उपत्यकामा ४ जना कोरोना भाइरस संक्रमित भेटिएको अवस्थामा काठमाडौँ महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, ड्राइभर लगायतको कोरोना परीक्षण गरेको थियो।

बिहीबार बिहान ११ बजेदेखि साँझसम्म गरिएको परिक्षणमा २३ प्रतिशत मानिसलाई पिसिआर र बाँकीलाई आरडिटी गरिएको थियो। तरकारी बजारमा काम गर्ने झण्डै ६५० मानिसमा गरिएको परीक्षणपश्चात दुई जनामा आरडिटी पोजिटिभ आएको हो।

जेठ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्