भारतीय सेनापतिको लिपुलेक सम्बन्धी टिप्पणीबारे प्रधानसेनापति थापाको धारणा ‘उपयुक्त समयमा’

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज नरवाणेले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि आफ्नो दाबी गर्दै नेपालमा भइरहेको आन्दोलनप्रति गरेको टिप्पणीबारे उपयुक्त समय र फोरममा आधिकारिक धारणा राख्ने भएका छन्।

जनरल नरवाणेले दिल्लीमा आयोजित एक वेबिनारमा शुक्रबार नेपालमा हाल भारतको अतिक्रमणमा रहेका ती क्षेत्र आफ्नो भन्दै भइरहेका आन्दोलन ‘कतैबाट’ सञ्चालित भएको आरोप लगाउँदै चीनतर्फ संकेत गरेका थिए।

यसबारे सैनिक मुख्यालयसँग सम्पर्क गर्दा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘यो सम्बन्धमा आवश्यक र उपयुक्त समयमा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्मत फोरममा व्यक्त हुनेछ।’

जेठ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्