बिटल्सकी फोटोग्राफर अस्ट्रिडको निधन

जाेन लेननका साथमा अस्ट्रिड किर्खेर

सांगीतिक समूह द बिटल्सकी फोटोग्राफर अस्ट्रिड किर्खेरको ८१ वर्षको उमेर निधन भएको छ । जर्मन फोटोग्राफर अस्ट्रिडले खिचेका तस्बिरले बिटल्सका सदस्यहरुलाई आइकन बनाउन सहयोग गरेको थियो ।

उनले सांगीतिक समूह बिटल्सको पहिलो तस्बिर सन् १९६० मा ह्यामबर्गमा खिचेकी थिइन् । उनका तस्बिरहरुले बिल्टसलाई उनीहरुको भिजुअल स्टाइल विकास गर्न सहयोग गरेको थियो ।

बिटल्सका इतिहासकार मार्क लेविसोहले अस्ट्रिडको निधनको पुष्टि गरेका हुन् । उनको बुधबार निधन भएको हो ।

उनको कर्म बिटल्सका लागि असीमित उपहार बनेर रहेको मार्कले ट्वीटमा उल्लेख गरेका छन् । ह्यामबर्गकी उनले बिटल्सले स्थानीय नाइट क्लबमा प्रस्तुति दिएका बेला भेटेकी थिइन् । त्यसपछि उनी बिटल्ससँगै जोडिइरहिन् ।

उनको प्रेम सम्बन्ध बिटल्सका ओरिजिनल बासिस्ट स्टूआर्ट सुट्क्लिफसँग रह्यो । तर २१ वर्षकै उमेरमा स्टूआर्टको ब्रेन ह्यामरेजका कारण निधन भयो ।

अस्ट्रिडले सन् २०१० मा एनपिआरलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘उनी मेरो जीवनको प्रेम थिए र रहिरहने छन् ।’ अस्ट्रिडले दुई पटक बिहे गरिन् तर सन्तान छैनन् । स्टूआर्टको निधन पछि पनि उनी ब्याडसँग जोडिइ रहिन् र फोटो खिचिरहिन् ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्