मलेसियाबाट फर्केको ६७ दिनपछि कोरोना संक्रमण पुष्टि

जनकपुरधाम – सिरहामा फेला परेका कोरोना संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका खुलेको छ।

सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिएका छन् ।

मलेसियाबाट आएका पुरुषलाई क्वारेन्टाइनमा १४ दिन राखेर घर फर्काइएको थियो । तर पाँचदिन अघि उनको स्वाब स‌कलन गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित पुरुषको सम्पर्कमा आएकाहरुको खोजी गर्नेकाम सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरागाईले जानकारी दिए ।

योसँगै प्रदेश २ को आठ वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । प्रदेश २ मा अहिलेसम्म तीनजना पत्रकारसहित एक सय भन्दा धेरै संक्रमित फेला परेका छन् ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू