एक करोड भन्दा बढीको कोरोना भाइरस बीमा गर्ने पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

काठमाडौँ – शिखर इन्स्योरेन्स रु एक करोड भन्दा बढीको कोरोना भाइरस बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ ।

जेठ २ गतेसम्म शिखर इन्स्योरेन्सले करिब १८०० कोरोना भाइरस बीमालेख जारी गरी रु एक करोड १० लाख भन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संक्लन गरेको छ ।

शिखर इन्स्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोना भाइरस बिमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेठ २ सम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाइनबाट प्रस्ताव फाराम प्रँप्त भएको कम्पनीले जनाएको छ।

नेपालभरीको शाखाहरुबाट कोरोना भाइरस बीमा प्राप्त गर्न सकिने र हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोना भाइरस बीमा गराएको कम्पनीले जनाएको छ ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू