भारतीय सीमा पानीट्यांकीमा अलपत्र नेपालीलाई जेठ ५ गतेदेखि नेपाल ल्याइने

झापा- पूर्वी नेपालको काँकरभिट्टा पारिपट्टि सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीलाई जेठ ५ गते सोमबारबाट नेपाल ल्याइने भएको छ।

शनिवार प्रदेश १ का मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरुबीच भएको छलफलले सीमावर्ती भारतीय नाका पानीट्यांकीमा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई नेपाल आउन दिने निर्णय भएको हो।

उनीहरुलाई ल्याएर स्वास्थ्य परीक्षण गरेपछि कोरोना नभएको निश्चित गरेर मात्रै गन्तब्यसम्म जान दिइने प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

अन्य जिल्लाका नेपालीहरुलाई कोरोना भाइरस संक्रमण नभएको सुनिश्चि भएपछि जिल्लाका सदरमुकामसम्म पुर्याउने व्यवस्था गरिने निर्णय भएको छ।

भारतमा अलपत्र नेपाली झापा प्रवेश गर्दा उनीहरुलाई क्वारेन्टाइनमा राखिने जिल्ला समन्वय समितिका प्रमखु सोमनाथ पोर्तेलले बताए।

उनीहरुलाई क्वारेन्टाइन र होल्डिङ क्षेत्रमा राखिने र उनीहरुको खानपानको व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताइएको छ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू