दुई सैनिकलाई कोरोना संक्रमण, काठमाडौँस्थित सशस्त्र अस्पताल ल्याइँदै

जनकपुरधाम– पहिलो पटक नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङको क्रममा पुष्टि गरेका दुवैजना संक्रमित नेपाली सेनामा रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले शनिबार पुष्टि भएका दुवैजना महोत्तरी जिल्लाको बर्दिबासस्थित किसाननगरको सैनिक क्याम्पमा कार्यरत रहेको जानकारी दिए।

महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष महोत्तरीको क्याम्पमा कार्यरत थिए।  उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले स्वाब संकलन गरेको थियो।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि दुई जना सैनिकमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन्।

उनीहरुलाई आइसोलेसनमा राख्न काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल ल्याइँदै गरेको पनि स्रोतले जानकारी दिएको छ।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू