खाना पकाउने बेला घरमा आगलागी, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

दाङ– घरमा आगलागी हुँदा जलेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ।

आठविसकोट नगरपालिका–३ खदीमा आगलागी हुँदा ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ठगकबहादुर केसीले जानकारी दिए।

आगोले जलेर लाली बोहरा देवकोटाको मृत्यु भएको र उनका श्रीमान् डम्बर देवकोटा आगो निभाउने क्रममा घाइते भएका छन्।

खाना पकाउने क्रममा एक्काली आगो लागेको बताइएको छ। घरभित्रको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको मद्दतमा आगो नियन्त्रणमा लिइएको छ। क्षतीको विवरण खुल्न सकेको छैन।

जेष्ठ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्