जेठ मसान्तसम्ममा ब्याज तथा किस्ता भुक्तान गरेमा १० प्रतिशत छुट

काठमाडौँ–एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ मसान्तसम्ममा ब्याज तथा किस्ता भुक्तान गरेमा १० प्रतिशत मिनाहा गर्ने योजना ल्याएको छ।

नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई तीन प्रतिशत ब्याज छुट दिन निर्देशन दिएसँगै संस्थाले उक्त छुटमा १० प्रतिशत अतिरिक्त ब्याज छुट दिने योजना ल्याएको हो।

उक्त सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकहरुको खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।

संस्थाले राष्ट्र बैंकको निर्देशन वमोजिम बैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता बैंशाख महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम जेष्ठ महिनाको पहिलो साताभित्र ग्राहकहरुको खातामा जम्मा गरिने जानकारी दिएको छ।

उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने संस्थाले जनाएको छ।

जेठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्