नागढुंगामा स्वास्थ्यकर्मीको गाडी रोकेर खानतलासी लिने युवक पक्राउ

काठमाडौँ – काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगामा स्वास्थ्यकर्मीको खानतलासी लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गैरकानुनी रुपमा स्वास्थ्यकर्मीको खानतलासी गरेको आरोपमा काठमाडौँ चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो। कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

उक्त नाकाबाट काठमाडौँ प्रवेश गर्ने क्रममा प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर कार्कीसहितका युवाले सोधपुछ गरेका थिए।

उनीहरुले कार्कीको झोला समेत खोल्न पठाएर खानतलासी लिएको भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको छ। कार्कीसहितका ती युवाहरुले गरेको कार्य गैरकानुनी रहेको भन्दै उनीहरुलाई कारबाही गर्न माग उठिरहेको छ।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू