शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान

काठमाडौँ– शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। शिखर इन्स्योरेन्सले १५ सय ट्राफिक प्रहरीका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालको रोहबरमा महाशाखालाई १५ सय थान फेस शिल्ड, १५ सय थान सेफ्टी गगल्स, १५ सय थान केएन ९५ मास्क, ५ हजार थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले कोभिड–१९ को जोखिम बढीरहेका बेला ट्राफिक प्रहरी फ्रन्टलाइनमा बसेर सवारी साधनहरुको व्यवस्थापन गर्ने महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको र ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको बताए।

यस्तै एसएसपी भिमप्रसाद ढकालले शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीहरु महानगरीय ट्रफिक प्रहरी महाशाखाको मातहतमा रहेका करिब १५ सय ट्राफिक प्रहरीहरुलाई आवश्यक रहेको र यसले उनीहरुको सुरक्षा र मनोबलमामा महत्वपूर्ण योगदान पुग्न सक्ने बताए।

जेष्ठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू