सार्वजनिक खरिद प्रक्रिया रोक्न तीनै तहलाई निर्माण व्‍यवसायीको संघको आग्रह

काठमाडौँ-नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद प्रक्रिया रोक्न संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ।

संघले अत्यावश्यक र कोरोनासँग सम्बन्धित खरिद बाहेक अरु खरिद प्रक्रिया रोक्न सरकारलाई आग्रह गरेको हो।

यस्तै महासंघले आह्वान भइसकेका खरिद प्रक्रियाहरु लकडाउन खुलेको मितिले सात दिन पछिसम्म अनिवार्य रुपमा म्याद थप्न पनि माग गरेको छ।

कोरोना भाइरसको जटिल अवस्थामा बेवास्ता गर्दै केही खरिद प्रक्रिया जारी राखेको महासंघले सरकारलाई आरोप लगाएको छ।

महासंघका अनुसार अहिलेको विषम परिस्थिति तथा लकडाउनका बेला व्यवसायीहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न समस्या भएका बेला टेण्डर आह्वान गर्नु अनुचित हो।

जेठ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्