ब्राजिलमा संक्रमितको संख्या इटाली र स्पेनमा भन्दा धेरै

दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस संक्रमणको पछिल्लो इपिसेन्टर बन्दै गएको देखिएको छ । दैनिक १५ हजार हाराहारीमा मानिस संक्रमित भएका छन् पछिल्ला दिनमा ।

विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा पुगेको छ । इटाली र स्पेनमा भन्दा पनि बढी मानिस संक्रमित भएका छन् । ब्राजिल भन्दा अघि बेलायत, रुस र अमेरिका रहेका छन् ।

ब्राजिलमा अहिलेसम्म दुई लाख ४१ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ९४ हजार १२२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । ब्राजिलमा हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १६ हजार ११८ पुगेको छ ।

बेलायतमा दुई लाख ४४ हजार भन्दा बढी, रुसमा दुई लाख ८१ हजार भन्दा बढी तथा अमेरिकामा १४ लाख ८६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

स्पेनमा दुई लाख ३० हजार तथा इटालीमा दुई लाख २५ हजार भन्दा बढीमा मानिसमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या भने ब्राजिलमा भन्दा स्पेन, इटाली, फ्रान्स, बेलायत र अमेरिकामा बढी रहेको छ ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्