देशभरको मौसम दिनभर कस्तो रहन्छ?

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको हो । अरु क्षेत्रमा भने सोमबार मौसम सफा नै रहने छ ।

अहिले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
पहाडका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्