जस्ट साम बनिन् अमेरिकन आइडल, दोस्रो भए दिवेश पोखरेल

अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोखरेल) लाई पछि पार्दै जस्ट सामले उपाधि जितेकी हुन् ।


नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् ।

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए । जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पहिलो नेपाली मुलका गायक हुन् ।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्