असनका गल्लीमा तगाराे लगाउँदै स्थानीय (तस्बिरसहित)

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि काठमडौँको असनमा स्थानीय बासिन्दाले लगाएको तगारो । मानिसको आवतजावत नहोस् भनेर स्थानीयले तगारो लगाएका हुन् । तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ – कोरोना संक्रमित बढ्न थालेसँगै काठमाडौँको विभिन्न टोलहरुमा स्थानीय बासिन्दाहरुले आवतजावतमा रोक लगाएका छन् ।सडकमा छेकबार लगाएर प्रवेश निषेध गर्न स्थानीय नै अग्रसर बनिरहेका छन् ।

काठमाडौँको असनका भित्रि गल्लीहरुमा पनि स्थानीयले आवतजावतमा रोक लगाएका छन् । सडकमै छेकवार लगाएर उनीहरुले नयाँ मानिसहरुलाई टोलमा प्रवेश निषेध गरेका छन् भने टोलबासीलाई पनि जथाभावी हिँडडुलमा रोक लगाएका छन् ।

तर सरकारले नै लकडाउन घोषणा गरेका बेला टोलटोलमा यसरी छेकबार लगाउन आवश्यक नरहेको प्रशासनले जनाएको छ।

अकस्मात आइपर्ने विपतका लागि एम्बुलेन्स तथा दमकल प्रवेशमा कठिनाई उत्पन्न हुन सक्ने भन्दै प्रशासनले छेकबार लगाएर सडकमा अवरोध सृजना नगर्न आग्रह गरेको छ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्