भारत र बंगलादेशको सीमा तर्फ सोझिँदै अम्पुन आँधी

काठमाडौँ – बंगलाको खाडीमा बनेको शक्तिशाली आँधी भारत र बंगलादेशको सीमा तर्फ सोझिएको छ । अम्पुन नाम गरेको चक्रवाती आँधी अहिले पनि बंगालको खाडीमै छ, तर भारत र बंगलादेशको सीमा तर्फ अघि बढिरहेको मौसमविदले बताएका छन् ।

शनिबारदेखि बंगालको खाडीमा बनेको अम्पुन आँधी बुधबारसम्म जमिनमा ठोक्किने देखिएको छ । अहिले आँधीको गति बढिरहेको भए पनि जमिनमा ठोक्किँदा केही कमजोर हुने मौसमविदले उल्लेख गरेका छन् ।

अम्पुन आँधीले भारत तथा बंगलादेशमा बढी प्रभाव पर्ने देखिएको छ । तीव्र गतिमा हावा चल्नुका साथै भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ । तर नेपालमा भने यसको प्रभाव अति कम पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अम्पुन आँधीका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना छ । बंगालको खाडीमा बनेका चक्रवातहरु नेपालसम्म आइपुग्दा जमिनमा ठोक्किइ सक्ने हुनाले प्रभाव कम हुने मौसमविदले बताएका छन् ।

जेठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्