नीति कार्यक्रम अल्छी विद्यार्थीले हतारमा लेखेको निबन्ध जस्तो: सांसद संग्रौला

राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य डा. डिला संग्रौला

काठमाडौँ-प्रमुख प्रतिपक्षी दलकी सांसद डा. डिला संग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अल्छि विद्यार्थी हतारका लेखेको निबन्ध जस्तो भएको टिप्पणी गरेकी छिन्।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संग्रौलाले नीति कार्यक्रमले देशको अहिलको अवस्थालाई सम्बोधन गर्न नसकेको बताएकी हुन्।

सांसद संग्रौलाले जेठ १५ गते संसदमा पेश हुने बजेटमा सरकारले कोरोनाका लागि विशेष आर्थिक प्याकेज ल्याउन सुझाव दिइन्।

विश्वका धेरै देशले कोरोनाबाट परेको प्रभावलाई न्यूनिकरण गर्न विशेष खालका आर्थिक पुनउत्थानका कार्यक्रम र प्याकेज ल्याए जस्तै सरकारल नीति कार्यक्रमलाई सच्याउँदै त्यसतर्फ लाग्नुपर्ने बताएकी हुन्।

उनले कोभिड १९ को प्रभावलाई सरकारले राम्रोसँग बुझ्न नसकेको आरोप लगाउँदै औषधि, उपकरणको व्यवस्था गर्दै विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन्।

त्यस्तै सांसद संग्रौलाले विदेशबाट फर्र्किएका युवाहरुलाई व्यवसायिक कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, उद्योग व्यवसायमा लगाउने घोषणा गरिए पनि ठोस योजना आउन नसकेको दाबी गरिन्।

बजेट विनियोजनका क्रममा ती सबै पक्षलाई ध्यान दिँदै अघि बढ्न आग्रह गरिन्। उनले पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनिकरण गर्न पनि सरकारले चासो दिनुपर्ने बताइन्।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू