झापामा थप एक जनामा कोरोना संक्रमण देखियो

झापा– झापाको कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

केही दिनअघि भारतबाट लुकीछिपी आएका ती पुरुषलाई कोरोना भाइरस संक्रमण देखिएको हो। भारतबाट लुकीछिपी आएका उनी लगायत ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो।

उनीहरुको सबैको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो।

ती युवक नेपाल भित्रिनसाथ उनलाई क्वारेन्टाइनमा राखिएकाले उनीबाट समाजमा कोरोना फैलने अवस्था भने हुन नपाएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

उनी गत जेठ २ गते नेपाल छिरेका हुन्। उनीलाई अहिले उनि बसेको झापाको कचनकवल स्थित क्वारेन्टाइनबाट विराटनगर स्थित कोरोना विषेश अस्पतालमा लगिँदैछ। उनी सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

जेष्ठ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू