दिनभर देशभरको मौसम कस्तो रहनेछ?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विशेष गरी पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल पहाडी भू–भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भू–भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रानि देशको पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी पहाडका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्