फोटो फिचर

संसद भवनको बगैँचामा मैना चरीको चिरविर (तस्बिरहरु)

काठमाडौँ – चराको चहलपहल र चिरविरले वन्तस ऋतुलाई गुञ्जायमान बनाउँछ । त्यसमाथि लकडाउनका कारण मानवीय गतिविधि अधिकांश रुपमा घर भित्रै सीमित भएका छन् । कोलाहल कम भएको छ । चराहरुको चिरविर स्पष्ट रुपमा सुनिन थालेका छन् ।

उनीहरु शहरमै पनि स्वतन्त्र महसुस गरिरहेका छन् । सामान्य अवस्थामा अति व्यस्त हुने र मान्छे बाहेक देख्न मुश्किल पर्ने क्षेत्रहरुमा पनि अहिले चराहरुले विचरण गरिरहेका छन्।

देशभरबाट चुनिएर आएका प्रतिनिधिहरुको केन्द्रीय थलो बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद भवन) को बगैँचामा चराहरु रमाइरहेको देखिन्छ । विशेषतः संसद भवनको बगैँचामा हाल मैना चरी (सारौं) को विचरण अधिक देखिन्छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले संसद भवनको बगैँचामा देखिएका चराका गतिविधिलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्