सरकारले नयाँ नक्सा सार्वजनिक गरिसकेको छैन, धैर्य गरौँ: मन्त्री अर्याल

काठमाडौँ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेकोले धैर्य गर्न आग्रह गरेकी छन् ।

उनले सरकारले जारी गरेको भनेर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको नक्सा त्रुटिपूर्ण रहेकोले त्यसको प्रयोग नगर्न आग्रह गरेकी छन् ।

‘नेपाल सरकार मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा स्वीकृत गरे सँगै नयाँ नक्सा सार्वजनिक गर्ने तयारीमा छौँ’, मन्त्री अर्यालले भनेकी छन्, ‘तसर्थ नक्सा सार्वजनिक नगर्दासम्म धैर्य रहि सामाजिक सञ्जालमा त्रुटिपूर्ण नक्सा प्रयोग नगरी दिनु हुन विनम्र अनुरोध गर्दछु ।’

जेठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्