झापाको कचनकवलका थप ९ जनामा संक्रमण पुष्टि

झापा – झापाको कचनकवल गाउँपालिका थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सोमबार साँझ एकजनामा कोरोना संक्रमण देखिएको थियो। झापामा संक्रमितको संख्या १२ पुगेको छ। ती १० जना संक्रमित व्यक्ति केही दिन अघि भारतबाट लुकीछिपी आएका थिए। उनीहरुलाई दसगजाबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको थियो।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३८४ पुगेको छ।

 

जेठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्