कोरोना संक्रमित बढ्दै गएपछि सेयर कारोबार फेरि बन्द

काठमाडौँ- कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले पुनः सेयर कारोबार बन्द गरेको छ।

यसका साथै सरकारले करोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन २० गतेसम्मलाई लम्ब्यापछि धितोपत्र बोर्डले सेयर कारोबार स्थगन गर्ने निर्णय गरेको हो।

धितोपत्र बोर्डको सञ्चालक समितिबाट धितोपत्र सूचिकरण तथा कारोबार नियमावी, २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबु बाहिरको परिस्थितिमा) उक्त लकडाउनभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय गरेको बोर्डले विज्ञप्तीमार्फत जानकारी दिएको हो।

लकडाउन खुकुलो पारिएसँगै सरकारले धितोपत्र कारोबार सञ्चालन गर्न अनुमति दिएको थियो। तर बोर्डले दुई दिन मंगलबार र बुधबार शेयर कारोबार गरे पनि पुनः बन्द गरेको धितोपत्र बोर्डका उप–प्रबन्धक प्रविन पन्दाकले जानकारी दिए।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्