कोरोना रोक्‍न ७ लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण

मोरङ-विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि लुथरन विश्व फेडेरेसनले ७ लाख बढीको स्वास्थ्य उपकरण प्रदेश एक सरकारलाई हस्तान्तरण गरेको छ।

मंगलबार प्रदेश एकको सामाजिक विकास मन्त्रालयमा फेडेरेसनले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। सो क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश एकमा संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणमा सरकार खटिएको जानकारी दिए।

मन्त्री घिमिरेले आगामी दिनमा समेत कोभिड १९ को चुनौतिबाट सुरक्षित रहनका लागि सरकारले विभिन्न स्थानमा स्वास्थ्य तथा सचेतनाको कार्य गरिरहेको बताए। उनले कोरोनाभाइरस कोभिड १९ विरुद्ध लड्नका लागि आवश्यक सहयोग जुटाइदिएकोमा फेडेरेसनलाई धन्यवाद दिएका थिए।

फेडेरसनका तर्फबाट मन्त्रालयलाई एक्सरे मेसिन १ थान, इलेक्ट्रिक सक्सन मेसिन २ थान, अक्सिजन बनाउने मेसिन १ थान, व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान उपलब्ध गराएको हो।
कोभिडको लागि यसअघि फेडेरेसनले ३ लाख ६० हजार बराबरको अनलाईन युपीएस हस्तान्तरण गरेको थियो ।

जेठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्