भक्तपुरमा १६३ सुरक्षाकर्मीको कोरोना संक्रमण परिक्षण

भक्तपुर– भक्तपुरका १६३ जना सुरक्षाकर्मीको कोरोना भाइरस संक्रमणको टेस्ट भएको छ। मंगलबार बिहान ११ बजेदेखि महानगरीय ट्राफिक प्रहरी वृत्त जगातीको कार्यालय परिसरमा कोरोना परिक्षण गरिएको हो।

परिक्षण गरिएका मध्ये ४७ जनाको पीसिआर र एक सय १६ जनाको आडिटि परिक्षण गरिएको महानगरीय ट्राफिक प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए। जसमा ११ जना राष्ट्रिय अनुसन्धान विभाग, भक्तपुर, ११ जना ट्राफिक प्रहरी, ६ जना नेपाली सेना र १३५ नेपाल प्रहरी रहेका छन्।

भक्तपुरमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्