महालक्ष्मी बैंकले गर्‍यो आफ्ना सबै कर्मचारीको जीवन बीमा

काठमाडौँ – महालक्ष्मी विकास बैंकले कर्मचारीहरुको जीवन बीमा गरेको छ। कोरोना भाइरसको जोखिममा पनि काम गरिरहेका कर्मचारीहरुको स्वास्थ्यलाई मधयनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको बीमा गरेको हो।

बैंकले कोभिड–१९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै एक वर्षका लागि प्रत्येक कर्मचारीको बीमा गरेको बैंकले जनाएको छ।

बैंकले देशभर १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको छन् भने यस संकटका बेला बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

जेष्ठ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू