हुम्लामा संकलित ४१८ जनाको स्वाब हेलिकप्टरमार्फत जुम्ला लगियो

सिमकोट – सडक सञ्जाल नजोडिएको हुम्लामा कोरोना भाइरसको संक्रमण भए–नभएको थाहा पाउन गरिने परीक्षणका लागि स्वाब संकलनको जिम्मा पाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४१८ जनाको स्वाब जुम्ला लगेको छ ।

जिल्लाका विभिन्न गाउँपालिकाबाट संकलन गरिएका स्वाब हेलिकप्टरमा जुम्ला लगिएको हो।

प्रतिष्ठानले हुम्लाका पाँचवटा गाउँपालिका मध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ४१, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको छ ।

संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू