राष्ट्र बैंकले आफ्ना विभाग तथा कार्यालयको नाम परिवर्तन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आफ्ना विभाग तथा कार्यालयहरुको नाम परिवर्तन गरेको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै आफ्ना सातवटा विभागको नाम परिवर्तन गरिएको जानकारी दिएको हो।

बैंकले जनशक्ति योजना (२०७८–०७९) मा उल्लेख भए अनुसार विभागहरुको नयाँ नामकरण गर्ने सम्बन्धमा गर्भनरबाट वैशाख २३ मा टिप्पणी बमोजिम २०७७ साउन १ गतेदेखि लागु हुने गरी गर्भनरस्तरी निर्णयबाट नाम परिवर्तन गरेको बैंकले जनाएको छ।

नाम परिवर्तन भएसँगै सामान्य सेवा विभागको नयाँ नाम सम्पति तथा सेवा व्यवस्थापन विभाग भएको छ भने अनुसन्धान विभागकोृ नयाँ नाम आर्थिक अनुसन्धान विभाग भएको छ।

यस्तै लघुवित्त प्रवद्धन तथा सुपरिवेक्षण विभागको परिर्वतित नाम लखुवित्त संस्था सुपरिवेक्षण विभाग भएको छ।

त्यसैगरी संस्थागत योजना विभागको नयाँ नाम संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नयाँ नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नयाँ नाम सूचना प्रविधि महाशाखा र उपत्यका बाहिरका कार्यालयहरुको नयाा नाम प्रदेशस्थित कार्यालयहरु रहेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू