कोरोना संक्रमित भेटिएपछि राजधानीको मैतीदेवी क्षेत्र सिल

एक युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मैतीदेवी क्षेत्र सिल गर्दै प्रहरी । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ –काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।

रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो । भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको खुलेको प्रहरीले जनाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा पीसीआर प्रतिविधिबाट परीक्षण भएको थियो । संक्रमित पुष्टि भएकालाई हाल आइसोलेशनमा राखिएको छ ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्