नयाँ नक्सा जारी भएसँगै अब नेपालको क्षेत्रफल कति?

सरकारले सार्वजनिक गरेको नेपालको नयाँ नक्सा।

काठमाडौँ – सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भएको छ ।यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मानिएको थियो ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेतको भूभाग नेपालले आफ्नो नक्सामा सामेल गरेसँगै क्षेत्रफल पनि बढेको हो । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो।उक्त नक्सा मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेकी हुन्।

आजैदेखि नेपालका सबै कार्यालयहरुमा नयाँ नक्साको प्रयोग सुरु भएको छ ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू