एक सातामा पाँच जनामा कोरोना देखिएपछि धनुषाको नगराइनमा रहेको क्वारेन्टाइन सील

जनकपुरधाम– धनुषाको गंगुलीमा रहेको क्वारेन्टाइनलाई सील गरिएको छ। धनुषाको नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनस्थलमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेणटाइनलाई सील गरिएको छ।

एक हप्ताको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सील गरिएको क्वारेन्टाइन स्थलका संयोजक सन्तोष ठाकुरले बताए। प्रादेशिक क्वारेन्टाइनमा भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट प्रहरीलाई छलेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा पाँच जनामा एक साता भित्रै कोरोना पोजिटिभ पाइएको छ।

क्वारेण्टाइनमा रहेकाहरुमध्ये जेठ ३ गते एक जना, जेठ ४ गते दुई जना र जेठ ६ गते दुई जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। सो क्वारेन्टाइनस्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाइन स्थलका संयोजक सन्तोष ठाकुरले जानकारी दिए।

क्वारेण्टाइनलाई सील गरिएपछि सो क्वारेण्टाइनमा रहेका ४८ जनामध्ये कसैलाई पनि बाहिर जान नदिइने र नयाँ व्यक्तिलाई समेत नराखिने संयोजक ठाकुरले बताए।

१ सय २० बेड संख्या रहेको सो क्वारेन्टाइनमा हालसम्म २ सय २० जनालाई राखिएको छ। जसमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ भने १ सय ४१ जना घर फर्कि सकेका छन् र बाँकी अहिले पनि क्वारेन्टाइनमै छन्।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्