बीमा कम्पनीका ऋणीले पाउने भए ब्याजदरमा १५ प्रतिशत छुट

काठमाडौँ– बीमा समितिले बीमा पोलेसी धितोपत्रमा लिएको ऋणको ब्याजमा छुट दिने घोषणा गरेको छ। समितिले बुधबार विज्ञप्ति जारी गर्दै पोलेसी धितोमा लिएको ऋणको ब्याज भुक्तानी गर्दा छुट दिने घोषण गरेको हो।

उक्त पोलेसी धितोको ब्याज तीन महिना र ६ महिनामा बुझाउनु पर्ने व्यवस्था थियो। तर अब लकडाउन सकिएको एक महिना भित्रमा भुक्तानी गर्न सकिने समितिले जनाएको छ। समितिका अनुसार लकडाउन अवधिभर या लकडाउन सकिएको एक महिनाभित्र ब्याज भुक्तानी गरेमा १५ प्रतिशत छुट दिइनेछ।

यस्तै बीमितहरुलाई प्रत्यक्ष राहत पुग्ने गरी यस्तो निर्देशन जारी गरेको समितिले जनाएको छ।

बीमितहरुले आज जारी गरेको निर्देशन अनुसार नेपालका १९ वटा कमपनीमा बीमा पोलेसी धितो राखि लिएको ४० अर्ब ऋणमा लाग्ने ब्याजमा १५ प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ। तर लकडाउन सकिएको एक महिनापछि ब्याज भुक्तानी गर्दा छुट नपाइनुका साथै जरिवानासमेत लाग्ने कम्पनीले जनाएको छ।

आज जारी गरिएको निर्देशनमा बीमा कमपनीहरुले गर्ने तालिमहरु अनलाइनमार्फत गर्ने ब्यवस्था गरेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

समितिले बीमकका लागि गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ को अवधिमा रही बीमालेख अनलाईन विक्री गर्ने कार्य विधि तयार गरी समितिमा पेश भएमा औचित्यका आधारमा स्वीकृत गरिनेछ।

यसैगरी बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचितयताका आधारमा स्वीकृत गर्न सकिने समितिले जनाएको छ।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्