एक हजार नेपाली गौरिफन्टा नाकाबाट नेपाल प्रवेश गर्दै

धनगढी-भारतको पलिया लगायत बिभिन्न ठाउबाट नेपालीहरु कैलालीको गौरीफन्टा नाकामा पुगेका छन्। पलियाबाट उनीहरु बसमार्फत गौरीफन्टा नाकामा आएका हुन्। संघिय सरकारको निर्देशन अनुसार उनीहरु नेपाल प्रवेश गरेका हुन्।

भारतका बिभिन्न ठाउँबाट आएका उनीहरुलाई बुधबार आ-आफ्ना स्थानीय तहमा पठाउने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई सम्बन्धित स्थानीय तहले घर लैजाने प्रबन्ध मिलाइएको जनाएको छ।

भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर बुधबार दिउसो नै गौरीफन्टा नाकामा पुगेका हुन। प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरे उनीहरुलाई सम्बन्धित स्थानीय तहमै पठाउने तयारी भईरहेको जिल्ला प्रशासनल कार्यालय कैलालीले जनाएको छ। अहिले अबेर राति सम्म उनीहरुको उद्दार जारी रहेको छ।

‘झण्डै एक हजार जना दशगजामा पुगिसकेका छन्। स्थानीय प्रशासनले कैलालीमै सबैको व्यवस्थापन गर्न सक्दैन्। केही स्थानीय तहले मात्रै बस पठाउने कुरा गरेका छन्। हामी बसको पर्खाइमा छौ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने समन्वय भइरहेको छ।

उनले गाडी पठाएका स्थानीय तहका वासिन्दालाई बुधबार नै पठाउने तयारी भईरहेको र अन्य स्थानीय तहसंग समेत समन्वय भईरहेको बताए। उनका अनुसार अहिले पनि सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम जारी नै रहेको छ।

प्रदेश सरकारले र्‍यापिड टेस्टका लागि किट नदिएपछि उनीहरुको ज्वरो मात्रै परीक्षण भईरहेको समेत स्थानीय प्रशासनले जनाएको छ। नाका पुगेका नेपालीहरुले देशमा तीन तहको सरकार भएको अनुभुती समेत नभएको बताएका छन्।

उनीहरुले भारतमा रोजगारी गुमाएपछि निकै कष्टकर दैनिकी बिताउन परेको बताउँदै तीन तहकै सरकारले उद्धारका लागि वेवास्ता गरेको बताए।

जेष्ठ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू