भारतीय मनोवृत्ति: मेचीदेखि लिम्पियाधुरासम्म

एउटा भनाइ छ कि मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न। सन्दर्भ यहाँ नेपाल र भारतबीचको हो। दुवै छिमेकी मुलुकबीच प्रगाढ सम्बन्ध रहेको कुरा यथार्थ पनि हो। धार्मिक, सांस्कृतिक,आर्थिक, राजनीतिक लगायत सबै क्षेत्रमा गहिरो सम्बन्ध रहेको कुरा निर्विवाद हो अर्थात दुबै देशबीच रोटीबेटीको सम्बन्ध रहेको कुरा साँचो हो। यस कारण जनताको तहमा रहेको सम्बन्ध निकै कसिलो, बलियो र दरिलो रहेको कुरामा शङ्का छैन।

प्रत्येक नागरिकका लागि आफ्नो देश सधैँ प्यारो लाग्ने गर्दछ। चाहे त्यो देश ठूलो होस्, वा सानो खासै फरक पर्दैन। किनभने आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति त्यो देशको नागरिक सधैँ नतमस्तक हुने गर्दछ। आफ्नो देशको सान र मानको रक्षा गर्नु र देशप्रति गर्व गर्नु एउटा असल नागरिकको कर्तव्य पनि हो। आजको दुनियामा कुनै देश सानो भएकोमा आफूलाई कमजोर र ठूलो हुँदैमा बलियो ठान्ने गरेको उदाहरण कहीँ कतै पाइदैँन। यद्यपी १६ औं शताब्दीमा जतिबेला विश्व साम्राज्यवादमा लिप्त हुदैँ गर्दा बिभिन्न मुलुकहरूले आफ्नो देशको बिस्तार गर्ने मनसायले सेनाको सङ्ख्या बढाउने होडवाजी गर्ने गर्दथे। त्यतिबेला मेकियावेलीको ठूलो माछाले सानो माछालाई खान्छ भन्ने सिद्धान्त लागु हुने गरेको पाइन्थ्यो।

आजको दुनिया आपसी समझदारी,सहकार्य र सद्भावको हो। वर्तमान सन्दर्भमा मुलुकहरुको सम्बन्ध एक अर्कोसँग मात्र सीमित नभएर क्षेत्रीय तहमा र विश्व भरिकै मुलुकहरुका वीच हुनु पर्ने जरुरी छ। एउटा सार्वभौम मुलुकका जनताले आफ्नो भूमिको एक इञ्च माटो पनि गुमाउन चाहदैन।आफ्नो भूमिको साँध सीमानाप्रति चासो राख्नु एउटा स्वतन्त्र मुलुकका नागरिक हुनुको नाताले उसको कर्तव्य हो। फेरि आफ्नो भूमि अतिक्रमण भएको कुनै पनि स्वाभिमानी नागरिकले टुलुटुलु हेरेर बस्न सक्दैन भन्ने दृष्टान्त हाम्रै देशका अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा र बीर बलभद्र कुँवरजस्ता महान सपूतहरुले देखाइसकेका छन्।

सदियौँ पुरानो सम्बन्ध हुदाँहुदैँ पनि नेपाल र भारतबीच सीमाना सम्बन्धी दर्जनौँ विवादहरुको श्रृंखलाहरुलाई नियाल्दा लाग्छ- यी त सब भन्ने कुरा मात्र हुन् । १८८० कि.मि लामो सीमानामा समस्याको चाङ र निको नभएको घाउरुपी दर्जनौँ सीमा विवादहरुले आम नागरिकहरुलाई सधैँ पीडा दिइरहेको स्थिति छ। यद्यपि यसको राजनीतिक पक्ष आफ्नै ठाउँमा हुन सक्ला। एउटा मुलुकको नागरिक हुनुको नाताले यस प्रकारको कार्यलाई हेर्दा एउटा विशाल मुलुकको सानो कुखुरे छातीभित्रको सानो मन, मुटुको विम्व सिवाय अरु केही देखिन्न।

एउटा सार्वभौम मुलुकका जनताले आफ्नो भूमिको एक इञ्च माटो पनि गुमाउन चाहदैन।आफ्नो भूमिको साँध सीमानाप्रति चासो राख्नु एउटा स्वतन्त्र मुलुकका नागरिक हुनुको नाताले उसको कर्तव्य हो। फेरि आफ्नो भूमि अतिक्रमण भएको कुनै पनि स्वाभिमानी नागरिकले टुलुटुलु हेरेर बस्न सक्दैन भन्ने दृष्टान्त हाम्रै देशका अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा र बीर बलभद्र कुँवरजस्ता महान सपूतहरुले देखाइसकेका छन्।

नेपाल जस्तो सानो मुलुकको भूमिमाथि सुगौली सन्धि पश्चात भारतले लगातार अतिक्रमण गरिरहनुले भारतको भनाइ र गराइमा एकरुपता नभएको स्पष्ट हुन्छ।

वास्तवमा हाल विवादित कालापानी काली नदीभन्दा पूर्वपट्टि रहेको नेपाली भूमि हो। यस भूमिको सम्बन्धमा ई. १८१६ को सुगौली सन्धिको धारा ५ ले स्पष्ट गरेको छ। उक्त सुगौली सन्धिले काली नदीको मुहान लिम्पीयाधुरा भएको कुरा उल्लेख गरेको पाइएको छ। काली नदी पूर्वको सिङ्गो भूमि नेपालको हो भनी उल्लेख भएको छ। कालीनदी पारीको भूमि नेपालले दाबी गर्ने छैन भनिएको छ। त्यसको अर्थ सुगौली सन्धि पूर्व नेपालले आफ्नो सीमाना महाकाली भन्दा अझ पश्चिम सतलज र काँगडासम्म पुर्‍याएको थियो।

जहाँसम्म भारतबाट मिचिएको नेपाली भूमि कालापानीको कुरा हो। ई.१८६२ मा जब भारत र चीन बीचको युद्ध भयो, त्यसबेला भारतले युद्ध हारेपछि भारतीय सेनापछि हटेर आफ्नो देश फिर्ता नगई नेपालको भूमि कालापानीमा अस्थायी क्याम्प खडा गरी बसेको अवस्था हो। यद्यपि त्यसरी भारतीय सेना कालापानीमा बस्दा तत्कालीन सरकारले किन अन्देखा गर्‍यो र पछिल्ला दिनहरुमा त्यसले किन निरन्तरता पायो भन्ने प्रश्नहरु अनुत्तरितै छ।

यति मात्र होइन कि पछिल्लो अवस्थामा भारतीयहरुले अझ लिपुलेक भन्दा पूर्वमा कालीको मन्दिर र कृतिम धारो स्थापना गरी त्यही तिरतिरे धारोलाई कालीको मुहान भनी दाबी गर्दै आएको देखिन्छ। यही अनुरुप हालसालै भारतले एकतर्फी रूपमा नक्शा निकालेको देखिन्छ।

बिगत इतिहासलाई पल्टाएर हेर्ने हो भने सन् १९२० मा सम्पन्न शारदा बाँध परियोजनाबाट २७१ क्यूमेक्स पानी मात्र भारतले लान पाउने प्राबधान रहेको थियो तर हाल ३३५ भन्दा बढी क्यूमेक्स पानी लगिरहेको अवस्था छ । त्यसमा पनि २८९८ हेक्टर नेपाली भूमि प्रयोग गरी बाँध निर्माण गरिएको छ । त्यसको बदलामा भारतले जग्गा उपलब्ध गराउने भनिएकोमा आजसम्म उपलब्ध हुनसकेको देखिन्न । टनकपुर बाँध परियोजनाले गर्दा २२२ हेक्टर जमिन नेपालले गुमाउनु परेको छ । भारतले एकलौटी निर्माण गरेको लक्ष्मणपुर बाँध रहेको क्षेत्रमा पर्ने सीमास्तम्भहरु हराएका छन् । उक्त बाँधले गर्दा बर्षादको समयमा ५ वटा गाउँ डुबानमा पर्ने खतरा रहेको छ । त्यसै गरी खुर्दालोटन बाँधले पनि ११ वटा गाउँहरू बर्षादको समयमा डुबानमा पर्ने खतरा रहेको छ । यसै गरी मेची नदी आसपासमा १६०० हेक्टर जग्गा मिचिएको छ । यी सबै घटनाहरूले गर्दा पारी बाघ कराउनु र वारीपट्टि बाख्रो हराउनु भन्ने उक्ति चरितार्थ हुन गएको छ ।

बि.सं.२००७ सालमा कोशी, बि.सं. २०१५ सालमा गण्डक, बि.सं.२०४८ सालमा टनकपुर, २०५३ मा पञ्चेश्वर, बि.सं.२०७२ को भूकम्पमा नाकाबन्दीको बेलामा भएका गतिविधिहरूलाई नियाल्दा के लाग्छ भने जबजब नेपाल राजनीतिक वा अन्य कुनै सङ्कटमा हुन्छ त्यति बेला भारतले आफ्नो अनुकूल सन्धि गर्नेदेखि साँध सीमानाहरूमा थिचोमिचो गर्ने गरेको देखिन्छ।

यद्यपि नेपालका राजनीतिक दलहरूले पनि सत्तामा रहँदा र सत्ता बाहिर रहँदा भन्ने कुरा र गर्नेव्यवहारलाई एकरूपता दिन नसकेको भनी प्रशस्त आलोचना भइरहेको पाइन्छ । राजनीतिक तहबाट पनियो समस्यालाई गम्भिर ढङ्गबाट सोचिनु जरूरी देखिन्छ । चाहे दुई पक्ष होस वा त्रिपक्ष होस यसलाई वार्ताबाटै समाधान खोजिनु जरूरी रहेको छ । भारतले पनि नेपाली जनताको सार्वभौम अीधकारको आदर र सम्मान गर्न इतिहासलाई साक्षी राखेर सुगौली सन्धिको प्राबधानलाई स्वीकार गरेर विगतको भुललाई दोहोर्‍याउने छैन । कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको भूमि भएको हुदा त्यहाबाट सेना फिर्ता भएको असल छिमेकीको रूपमा नेपाल र भारत बीच सधैँ अगाडि बढेको हेर्ने जनताको आकाङ्क्षा पूरा हुने बिश्वास गर्न सकिन्छ ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्