वाट्फोर्डका डिफेन्टर मारियापालाई कोरोना भाइरसको संक्रमण

इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डका डिफेन्टर एड्रियन मारियापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मासियापाले क्लबका तीन संक्रमित मध्ये आफू एक रहेको बताएका छन् ।

प्रिमियर लिगका २० क्लबका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण भएको मंगलबार बताइएको थियो । मारियापाले बुधबार त्यसमध्ये आफू एक रहेको खुलाएका हुन् ।

वाट्फोर्डका अरु दुई कर्मचारी पनि संक्रमित छन् । यस्तै बर्नलीका सहायक प्रशिक्षक इयान वोएन पनि संक्रमित भएका छन् । अरु क्लबका दुईजनाको नाम भने खुलाइएको छैन ।

चेल्सीका एन’गोलो कान्टेले कोरोना भाइरसको संक्रमण हुन सक्ने त्रासका कारण प्रशिक्षणमा उपस्थित भएनन् । प्रशिक्षक फ्र्या.क लाम्पार्डले उनलाई घरमै प्रशिक्षण गर्न स्वीकृति दिएका छन् । वाट्फोर्डका कप्तान ट्रोय डीनी र टिमका अरु खेलाडीहरुले पनि घरमै प्रशिक्षण गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी ९२ खेल पूरा गर्नका लागि अहिले तयारी तीव्र पारिएको छ । हाल खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न अनुमति दिइएको छ ।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्