अम्पुन आँधीका कारण पश्चिम बंगाल र ओडिशाको जनजीवन प्रभावित

अम्पुन आँधीका कारण भारतको पश्चिम बंगाल तथा ओडिशामा जनजीवन प्रभावित भएको छ । बंगालको खाडीबाट उढेर बुधबार दिउँसो जमिनमा ठोक्किएको अम्पुनका कारण तीव्र गतिमा हावा चल्नुका साथै भीषण वर्षा भइरहेको छ ।

ओडिशाका धेरै क्षेत्रबाट आँधी अघि बढेको छ । तर भद्रक र बालासोरमा भने अझै पनि तीव्र गतिमा हावा चलिरहेको छ ।

तर पश्चिम बंगालको उत्तरी तथा दक्षिणी २४ परगना, इस्ट मिदनापुरसहितका क्षेत्रमा आँधी जमिनमा ठोक्किएको छ । सो क्षेत्रमा तीव्र गतिमा हावा चलिरहेको छ ।

पश्चिम बंगलामा अम्पुनका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ । कोलकातामा आँधीको प्रभाव बढी परेको छ ।

ओडिशामा पनि अम्पुनका कारण चीन महिनाकी बालिकाको ज्यान गएको छ । अम्पुनका कारण बंगलादेशमा पनि जनजीवन प्रभावित भएको छ ।

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्