झापा – झापाका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जानकारीले दिएको छ।

बुधबार राति थपिएसँगै झापामा मात्र संक्रमितको संख्या २७ पुगेको छ। विगत केही समय यता भारतबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि हुने क्रम बढिरहेको छ।

बुधबार राति पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका भारतबाट आएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्