अर्थतन्त्र चलायमान बनाउने तयारीमा छाैँ: मन्त्री भट्ट

काठमाडौँ – सरकार लकडाउन खुकुलो बनाएर सामान्य अवस्थामा लगेर अर्थतन्त्र चलायमान बनाउने तयारीमा रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भएकाले यसलाई सामान्य अवस्थामा लैजाने तयारीमा सरकार रहेको जानकारी दिए।

नेपाल उद्योग परिसंघले सामाजिक सञ्जाल (जुम एप) मार्फत गरेको कार्यक्रममा उनले अब कोरोनासगँ डराएर होइन सुरक्षा अपनाएर उद्योग कलाकारखाना चलाउने तयारी भएको बताए ।

भट्टले कोरोना भाइरसबाट सावधानी अपनाएर अर्थतन्त्रलाई चलाएमान बनाउँदै लैजाने जानकारी दिए। उनले भने, ‘भारतसगँ जोडिएका नाकाहरुमा समस्या बढ्दै गएको छ। ती नाकाहरुमा सर्तकता अपनाउँदै लकडाउन अवाश्यक हो कि हैन भनेर बहस गर्दै जाने बेला आएको छ। उद्योगहरु सहज तरिकाले कसरी सञ्चालन गर्न सकिन्छ भनेर उद्योग, श्रम, कृषि र अर्थमन्त्रायले अध्ययन गरिरहेका छन्।’

सरकारले संचालनका लागि अनुमति दिएका ४४ उद्योगहरुमा भएको समस्याका बारेमा मन्त्रालयले अध्ययन गरिरहेको उनले बताए । तर उनले सरकारले गर्नु पर्ने काम गरिरहेको र निजी क्षेत्रहरुले गर्नुपर्ने काम नरोक्न आग्रह गरे।

निजी क्षेत्रको संगठनसगँ आबद्ध नभएका उद्योगहरुले पनि उद्योग विभागमा गएर निवेदन दिएका आधारमा विभागले पास दिने गरेको उनले बताए।

‘देशलाई आत्मनिर्भरतर्फ लैजानुपर्छ’ उनले भने ‘त्यसका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न सरकार सहयोग गर्न तयार रहेको छ।’

यस्तै श्रम मन्त्रालयका सचिव विनोद केसीले विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएकालाई जग्गा तथा बैंकमार्फत रोजगारी दिन सकिने बताए । उनले जग्गा भएका व्यतिmले आफ्नो जग्गा डिपोजिट राख्न सक्ने र जग्गा प्रयोग गर्न चाहनेले जग्गा लिएर काम गर्न सक्ने बताए।
अरुको जग्गा लिएर काम गर्न चाहने व्यक्तिहरुका लागि सरकारले सहयोग गर्ने उनले बताए।

‘चैत र वैशाख महिनामा मजदुरहरुको तलबका विषयमा सरकारले निर्णय गरिसकेको छ। जेठ र असारका लागि मजदुरहरुलाई काममा कसरी लगाउने र तलब पदने बारे निजी क्षेत्र र सरकार मिलेर छलफल गर्ने गर्नुपर्छ।’ उनले भने।

यसैगरी नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्तका अनुसार सरकारले निजी क्षेत्रलाई  र्‍यापिड किट ल्याउन दिएमा कोरोना परीक्षणमा सहज हुने देखिन्छ ।

उनले भने, ‘औषधि उद्योगमा काम गर्ने मजदुरको कोरोना परीक्षण गर्न समस्या भएको छ। यसमा सरकारले पनि सहयोग गर्नु पर्ने हो।’

नेपाल उद्योग परिसंघका सदस्य कृष्ण ज्ञावालीले सकार र निजी क्षेत्रले एक अर्कालाई दोष लगाउने काम नगर्न बताए। उनले सरकार तथा निजी क्षेत्र मिलेर अब नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने समय आएको बताए।

‘हामी पुरानै कानूनी शैलीमा चलिरहेका छौँ’ उनले भने ‘उद्योग मन्त्रालय या ले अर्थ मन्त्रालयमा केही माग ग¥यो भने कसैले सुन्दैन। त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै लैजानु पर्छ।’

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू