अहिलेसम्म देशभर २५ हजार जना क्वारेन्टाइनमाः स्वास्थ्य मन्त्रालय

फाइल तस्बिर।

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय १३ र आरडिटी विधिबाट ३ हजार ६ सय २३ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ३८ हजार ७ सय ३६ र आरडीटीबाट ७८ हजार ६ सय ९५ जनाको परीक्षण भएको जानकारी दिए।

डा.देवकोटाका अनुसार हाल देशभर २५ हजार ३० जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै हाल देशभर ४३५ जना रेडजोनमा परेका छन्। ती मध्य गत २४ घन्टामा ८ जना रेडजोनमा परेका हुन्।

जेष्ठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्