कोरोना अपडेट: संक्रमित ४५३, निधन ३, संक्रमणमुक्त ४९

काठमाडाैँ– विश्वव्यापी महामारीको रुपमा फैलिरहेकाे कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीब्र गतिमा फैलन थालेको छ।

हालसम्म नेपालमा ४ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये तीन जनाकाे कोरोनाकै कारण मृत्यु भइसकेको छ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको बिहीबार मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हाे। यसअघि सिन्धुपाल्चाेककी एक महिला र बाँकेका एक युवककाे कोरोनाबाट मृत्यु भइसकेको छ।

यस्तै ४९ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण हालसम्म ३८ जिल्लामा फैलिएको छ। जसमध्ये तराईका जिल्लाहरु बढी प्रभावित भएका छन्। पछिल्लाे समय काठमाडाैँ उपत्यकामा समेत कोरोनाको संक्रमण बढेको छ।

 

जेठ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्